राक्सिराङमा ट्रक दुर्घटना,थिङको मृत्यु

हेटौंडा टुडे संवादाता
३ चैत्र २०७६, सोमबार १६:३९

चैत्र ३,हेटौंडा,/मकवानपुरको राक्सिराङमा गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार (आज ) बिहान राक्सिराङ गाउँपालिका वडा नम्बर ६ शिलाधुनीमा मिनी ट्रक दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय सुमन थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, राक्सिराङबाट कुचो लोड गरी चीतवनको भण्डारातर्फ जाँदै गरेको ना ७ ख ७२९५ नम्बरको मिनी ट्रक आफै अनियन्त्रित भइ दुर्घटना हुँदा उहाँको घटनास्थलमै मृत्यु हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*