ने.बि संघ : कोरोना सम्बन्धि सचेतना सन्देश सहित मस्क वितरण

हेटौडा टुडे संवाददाता
३ चैत्र २०७६, सोमबार २१:१५

चैत्र ३ हेटौडा ,नेपाल विद्याथि संघ मकवानपुरले कोरोना सम्बन्धि सचेतना सन्देश सहित  ५०० मस्क बितरण गरेको छ ।

सोमवार (आज) दोश्रो दिन पुर्ब पश्चिम महेन्द्र राज्मार्ग अन्तर्गत हेटौंडाको फरेस्टी चोक मा यातायातमा सवार यात्रु तथा चालक सह चालक लाई कोरोना सम्बन्धि सचेतना सन्देश सहितको गोजि पात्रो तथा मास्क बितरण गरिएको  ने.बि संघ का जिल्ला सदस्य सन्तोष चौलागाईले जानकरी दिनुभयो ।

चौलागाईका अनुसार  कार्याक्रमको प्रमुख अतिथिमा ने.बि संघ जिल्ला अध्यक्ष राजु खतिवडा ,प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी,प्रबक्ता केशब खड्का ,बिद्यार्थी बिभाग सदस्य पंकज कुमार ठाकुर ,क्षेत्रिय अध्यक्ष सुबास सापकोटा ने.बि संघ नगर अध्यक्ष दिपेन्द्र तिवारी, बन बिज्ञान हेटौंडाका अध्यक्षहरु ललित खड्का र नवराज उपाध्याय सहित बिद्यार्थी नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो ।

कार्यक्रममा ५०० थान मास्क ने.बि संघ नगर सभापति तथा कार्यक्रमका नगर संयोजक दिपेन्द्र तिवारीले सौजन्य गर्नु भएको बताइएको छ ।

यो पनि सुन्नुहोस ,

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*