हेटौंडामा दैनिक उपभोग्य सामाग्रीहरुको माग बढ्यो

हेटौंडा टुडे संवादाता
४ चैत्र २०७६, मंगलवार १२:१५

चैत्र ४,हेटौंडा ,कोरोना भाइरसको त्रासले उपभोक्ता ले खाद्य पदार्थ अतिरिक्त जोहो गर्न थालेपछि हेटौँडामा दैनिक उपभोग्य सामाग्रीहरुको माग बढेको छ ।

भारतमा समेत कोरोना भाईरस देखा परेपछि नेपाल भारत सिमा नाका बन्द हुने गलत प्रचारका कारण  दैनिक उपभोग्य सामाग्रीहरुको माग बढेको ब्यबसायीहरु बताउँछन् । दाल ,चामल ,चिनी ,नुन तेल लगाएतका खाद्यन्न सामाग्रीको बिक्री दुईगुणा बढेको ब्यबसायीहरुको भनाई छ । उपभोक्ताले पहिलेको तुलानामा बढी मात्रामा खाद्यान्न सामाग्री खरिद गर्ने गरेको ब्यबसायीहरु बताउँछन् । त्यस्तै खाना पकाउन प्रयोग गरीने एलपिजी ग्याँसको समेत अभाव भएको ग्याँस ब्यबसायी संघ बागमती प्रदेशका उपाध्यक्ष विनोदमान श्रेष्ठले बताउनुभयो ।

नाका बन्द हुने हल्लाका कारण उपभोक्ताहरु स्वंयम् त्रसित भएर आवश्यकता भन्दा बढी ग्याँस खरिद गर्नेगरेको उहाँले बताउनुभयो । उद्योगले पहिलेको तुलनामा बढी ग्याँस पठाएपनि अझै उपभोक्ताहरुको माग पुरा गर्न नसकिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाईरसबारे अफवाह फैलीदा बजारमा दैनिक उपभोग्य सामाग्रीहरुको अभाव देखिन थालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*