हेटौंडा उपमहानगरपालिकाले अबैध उत्खनन् गरेको

अडियो काण्ड प्रकरण :अख्तियारले छानबिन सुरु गर्यो

हेटौंडा टुडे संवादाता
४ चैत्र २०७६, मंगलवार १३:५२

चैत्र ४ ,हेटौंडा /हेटौंडा उपमहानगरपालिकाले अबैध उत्खनन् बारे बागमती खबर लगायत  अन्य विभिन्न संचार माध्यममा खबर आएपछि समाचारलाई आधार मानेर अख्तियारले छानबिन प्रक्रिया सुरु गरेको छ । आई ईई नगरेको स्थानमा हेटौंडा उपमहानगरपालिकाले अबैध रुपमा नदि जन्य पदार्थको उत्खनन् गरेको बिषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको हो ।अबैध उत्खनन् भयो भन्ने खबर आएपछि संचार माध्यमकै खबरको आधारमा उजुरी प्रक्रिया अगाडी बढाएर अनुसन्धान सुरु गरेको अख्तियार हेटौंडा सुचना अधिकारी शिवराज रेग्मीले जानकारी दिनुभयो।

अख्तियारले प्रारम्भीक छानबिन थालेको छ। प्रारम्भिक चरणको छानविन प्रक्रिया सकिएपछि बिस्तृत अनुसन्धान गर्ने र तामेली वा मुद्दा चलाउने भन्ने बिषयमा निर्क्योल हुने बिशेष स्रोतले जनाएको छ।  वातावरणीय प्रभाव मुल्यांकन ( आई ईई ) नगरेको स्थानमा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानिकाको सिफारिसमा हेटौंडा उपमहानगरपालिकाको एक्साभेटरले अबैधरुपमा नदि जन्य पदार्थको उत्खनन् गरेको थियो।

वातावरणीय प्रभाव मुल्यांकन ( आई ईई ) नगरेको स्थानमा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानिकाको सिफारिसमा हेटौंडा उपमहानगरपालिकाको एक्साभेटरले अबैधरुपमा नदि जन्य पदार्थको उत्खनन् गरेको थियो।

यो पनि पढ्नुहोस,

हेटौंडाका मेयरले डि एफ ओलाई थर्काए, रघुनाथ खुलाललाई भने – २० भोटेले न्यु खोज्ने ?

उपमहानगरको टिफर वनको नियन्त्रणमा/कानुन विपरित देखिए कसैलाई छोडिन्न : डि एफ ओ पौडेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*