चैत्र ६,हेटौंडा /विश्वभर शन्त्रास फैलिएको नोबल कोरोना भाईरस (COVID-19)को जोखिम लाई मध्यनजर गर्दै मकवानपुर बहुमुखी क्याम्पसले आफ्नो पठन-पाठन कार्य बन्द गरेको छ ।
चैत्र ६ गते एक सुचना निकाल्दै संक्रमणबाट हुन सक्ने न्यूनीकरणका लागि विशेष सर्तकता अपनाउनु पर्ने भएकोले पठन पाठन कार्य बन्द रहेको क्याम्पस प्रमुख डा. शंखर उपाध्यायले जानकारी दिनुभयो ।
पठन-पाठन कार्य चैत्र मसान्त सम्म ठप्प रहेको बताउनुभएको छ । नेपाल सरकार तथा त्रिभुवन विश्व विद्यालय थप निर्णयहरु गरेमा सोहि अनुसार हुने सम्पूणमा जानकारी दिनुभएको छ ।
हेर्नुहोस सूचना,
सेयर गर्नुहोस्