
चैत्र ६,हेटौंडा/भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानी गढीमा सडक विस्तारको प्रयोजनमा रोकी राखेको एक स्कारभेटरमा आगजनी भएको छ ।
भिमफेदीबाट कुलेखानीसम्म जारी सडक फराकिलो पार्ने कामको लागि उक्त स्थानमा काम गरेर रोकेको अवस्थामा आज विहान स्काभेटरमा आगजनी भएको हो ।
आगजनी कस्ले गरेको भन्ने विषय अझै खुलिनसकेको प्रहरीले जनाएको छ । आगजनीबाट स्काभेटरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।केहि समय अघि अज्ञात समूहले सिस्नेरीमा पनि एक्साभेटरमा आगजनी गरेको थियो।


सेयर गर्नुहोस्