चैत८ ,काठमाडौं / कोरोना भाइरस (कोभिड १९)को संक्रमणको नर्भिक अस्पतालमा केही मान्छेको मृत्यु भएको भन्दै झुटो प्रचार गर्ने नेविसंघका नेता विवेक थापा मगर भक्तपुरबाट पक्राउ परेका छन । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।
उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । उनले झोर्ले न्युज भन्ने अनलाइन मार्फत उक्त अडियो अफवाह सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघमा आवद्ध रहेको उनको फेसबुकबाट देखिन्छ ।
उनले आफूलाइ झोर्ले न्युजको सिइओको रूपमा समेत चिनाएका छन । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।