
चैत ११, हेटौंडा /मकवानपुर प्रहरीले लकडाउनको उल्लंघन गरी हेटौंडामा जवरजस्ती सवारी चलाउने २५ सवारीलाई नियन्त्रणमा लिएको छ ।
लकडाउन उल्लंघन गर्ने सवारी हरु प्रहरीले हेटौंडा ११, जिल्ला प्रहरी कार्यालय अगाडि, चौकिटोल, चौघडा लगायतको स्थानबाट लकडाउन उल्लङ्घन गरी सवारी चलाउने २५ सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाईएको छ ।
हेटौंडा बजारमा ठुलो संख्यामा प्रहरी परिचालन गरी लकडाउन उल्लंघन गरि सवारी चलाउने र बजारमा अनावश्यक रूपमा हिडडुल गर्नेलाई घरभित्र बस्न आग्रह गर्दै सम्झाइबुझाई गरिरहेको उपरीक्षक राठौरले बताएका छन् । नियन्त्रणमा लिएका सवारीलाई सम्झाइबुझाई गरेर पठाउने तयारी भइरहेको उपरीक्षक राठौरले बताएका छन् ।


सेयर गर्नुहोस्