चैत्र १२ हेटौंडा /मकवानपुरको मनहरीमा कोरना संक्रमणको आशंका गरिएको छ ।मनहरीमा रहेको मनहरी स्वास्थ्य चौकीमा पाच जनालाई चेक जाच गर्दा एक जनामा कोरनाको आशंका गरिएको मनहरी स्वास्थ्य केन्द्रका कर्मचारीले जनाएका छन ।
कोरोना संक्रमणको आशंकामा मकवानपुरको मनहरी गाउँपालिका निवासी १ जनालाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा रिफर गरिएको छ ।
केही दिन दाखि उच्च ज्वरो आएपछि मनहरी स्वास्थ्यचौकीमा जचाँउन आउनुभएका मनहरी ७ ज्यामिरेका गिरी थरका २५ बर्षका युवकलाई कारोना लागेको आशंकामा भतरपुरस्थित कोरोना विशेष अस्पतालमा आज रिफर गरिएको हो । कोरोनाको संक्रमण भए नभएको उहाँको स्वास्थ्य परिक्षणबाट थाहा लाग्नेछ तर उहाको ज्वारो लगाएतका केहि सिम्टम कोरना रोगको लक्षण देखिएका कारण रिफर गरिएको स्वास्थ्य कर्मीले बताएका छन ।
केहीदिन अघि फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी १९ बर्षकी किशोरीमा कोरोना पुष्टी भएको र उनै किशोरीसंग युवक कतारबाट नेपाल आउनुभएको थियो बुझिएको छ ।
युवक ७ गते मनहरी आइपुग्नु भएको हो । एक्कासी उच्च ज्वरो आएको कारण उहाँ मनहरी स्वास्थ्य चौकी स्वास्थ्य जाँच गर्नको लागि आउनुभएको थियो । स्वास्थ्य चौकीले उहाँलाई कोरोनाको संक्रमण भएको हुनसक्ने भन्दै भरतपुर रिफर गरेको जनाएको छ । गिरी ७ गते नेपाल आए पछी केही दिनमै उनीभा ज्वारो आउने सुख्खा खोकी लाग्ने गरेको बताईएको छ ।