ज्वरो आयो ? नजानुस् हेटौँडाको चुरेहिल अस्पताल, हुँदैन उपचार

टुडे संवाददाता
१३ चैत्र २०७६, बिहीबार १५:०६

मकवानपुर १३ चैत । चुरेहिल अस्पताल बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको नीजि अस्पताल हो । तर तपाई अहिले ज्वरो आएर उपचार गर्न चुरेहिल पुग्नुभयो भने अस्पतालले तपाईलाई भर्ना लिदैन । ज्वरो वा मौषमी भाइरल तपाईलाई भएको छ भने पनि अस्पतालले सिधै भरतपुर रिफर गरिदिन्छ ।

अघिपछि विभिन्न प्रचारबाजी गरेर लोकप्रियता कमाएको चुरेहिल संकटको समयमा भने पन्छिदै छ । अस्पतालमा अहिले सामान्य ज्वरो आएको विरामीलाई समेत उपचार दिँइदैन । अस्पताल प्रशासनलेसमेत दुर्घटना लगायतका सामान्य उपचार मात्रै हुने तु खबरलाई जानकारी दिएको छ ।
ज्वरोका लक्षण देखिएका कोही विरामी अस्पताल आइपुग्नुभयो भने उहाँहरुले सेवा पाउनुहुन्छ कि पाउनुहुन्न भनी तु खबरले राखेको जिज्ञासामा अस्पतालका प्रशासन प्रमुख विवेक मानन्धरले ज्वरो लगायतका लक्षण देखिएका विरामीलाई सिधै भरतपुर पठाउने गरिएको जानकारी दिनुभयो ।

हामीसंग परिक्षणका किट छैनन्, स्वास्थ्यकर्मीहरुको लागि सुरक्षित स्रोत साधन छैनन् । सोही कारणले हामीले विरामी रिफर गर्ने गरेका हौँ, उस्तै स्थिति आए अस्पतालसमेत बन्छ गर्छौँ – मानन्धरले तु खबरसंग भन्नुभयो ।

उहाँले आकस्मिक सेवामा ३ सिफ्टमा गरी ११ जना डाक्टर खटिएको जानकारी दिनुभयो । आकस्मिक सेवा बाहेक अन्य ६ जना डाक्टरले सेवा प्रवाह गर्ने उहाँको भनाई छ । तु खबरमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*