माछामासु व्यवसाय खोल्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह :मउवा संघ

टुडे संवाददाता
१५ चैत्र २०७६, शनिबार १८:०५

 चैत्र १५ हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघमा शनिवार (आज) माछामासु पसल खोल्ने सम्वन्धमा छलफल भएको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा पोल्ट्री तथा माछामासु व्यवसायीहरुसंग छलफल गरिएको हो । अत्यावश्यक खाद्य बस्तुहरु सहजरुपमा उपलब्ध गराउन पर्ने अवस्थामा पोल्ट्री व्यवसायीहरु भने विक्रीवितरणको समस्याको कारण अत्यन्तै अप्ठेरो अवस्थामा रहेकाले अवस्था सहज बनाउन छलफल गरिएको छ ।

बैठकले अत्यावश्यक सामाग्रीको बिक्रिवितरण सहज गर्न हेटौंडा उपमहानगरपालिकाले समेत निर्णय गरिसकेको अवस्थामा बिहान ६ बजे देखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ८ बजेसम्म माछामासु व्यवसाय खोल्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको छ ।

साथै कुखुराको मासुको उपभोक्ता मुल्य रु २५० कायम गरी बिक्रिवितरण गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*