हेटौँडामा अत्याधुनिक प्रयोगशाला बन्छ : मुख्यमन्त्री पौडेल

टुडे संवाददाता
१७ चैत्र २०७६, सोमबार १८:२०

चैत १७ हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश भित्रको १३ जिल्लामा दैनिक गुजारा चलाउन नसक्ने व्यक्ति र परिवारलाई स्थानीय तहमार्फत् पहिचान गराई सम्पूर्ण तथ्याङ्क तयार पार्न निर्देशन दिनुभएको छ ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा बोल्दै उहाँले लकडाउनको समयमा दैनिक गुजारा चलाउन नसक्ने परिवारको पहिचान गर्न स्थानीय तहलाई निर्देशन दिनुभएको हो ।

उहाँले प्रदेशको ६६ निर्वाचन क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य र सम्बन्धीत प्रदेशसभाका सदस्यहरु समावेश हुनुभएको एकिकृत व्यवस्थापन समितिमार्फत् कोरोना भाइरस विपत् व्यवस्थापनको लागि जनशक्ति परिचालन गरिने लक्ष रहेको पनि जानकारी दिनभयो ।

केन्द्रीय सरकारले उपलब्ध गराएको पीपीआर मेसिन आएको भन्दै उहाँले हेटौँडामा अत्याधुनिक प्रयोगशालाको स्थापना गर्न तयारी गरिएको समेत जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*