तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान पाइने

हेटौंडा टुडे
१९ चैत्र २०७६, बुधबार ०९:४४

चैत्र १९, हेटौडा

सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ । उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न पालिकाले गाडीको बन्दोबन्द गर्ने र ढुवानी भाडामा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको हो ।  मन्त्रिपरिषद्ले गरेको राहत वितरण घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको कार्य योजना अनुसार ढुवानीमा २५ प्रतिशत अनुदान सुनिश्चित गरेको हो । यसको लागि कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वाणिज्य विभागलाई जिम्मेवार निकाय तोकिएको छ । किसानलाई ढुवानीको पास मिलाउने जिम्मा भने गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई दिइएको छ । यो निर्णय मङ्गलबार देखि नै लागु भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*