किटनाशक औषधी छर्किर्ने काम निरन्तर ,चौँघडा क्षेत्रमा पनि औषधी छरियो

टुडे संवादाता
२० चैत्र २०७६, बिहीबार १६:३३

 चैत २०,हेटौंडा/    हेटौँडाको चौँघडा क्षेत्रमा पनि आज किटनाशक औषधी  छरिएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ चौघडा र वडा नंबर ७ न्युरेनी क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन सडकमा ‘डिस–इन्फेक्टेन्ट’ (किटनाशक औषधी) किटनाशक औषधी छरेको हो ।

हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलन नदिन मुख्य वजार क्षेत्रमा ‘डिस–इन्फेक्टेन्ट’ छर्किर्ने काम निरन्तर गरिरहेको छ । हालसम्म हेटौंडाको नगरपालिका रोड, मकवानपुर क्याम्पस वरपर, सिंचाइटोलको क्षेत्र, सानोपोखरा चोक, यसआसपासका क्षेत्र, कान्तिलोकपथ, राईटोल, चाइनाक्वारटर, थानाभर्‍याङ लगायतका क्षेत्रमा चौकिटोल लोकप्रिय होटल देखि मेनरोडको मकवानपुर उद्योग बाणिज्यसंघ, पिपलवोट, बुद्धचोक, रापतीरोड, सिमाचोक, कान्तिलोकपथ, स्कुलरोड लगायतका क्षत्रेमा जिवाणुमुक्त बनाउन भन्दै ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हो ।

नगर प्रहरी, उपमहानगरपालिका वातावरण साखाका कर्मचारीहरु, सफाइ कर्मचारी लगायतकाको सहभागितामा वजारका चोक चोक, नाली, वरपरका रुखका विरुवामा ‘डिस–इन्फेक्टेन्ट’ छर्किएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । हेटौंडाका विभिन्न बस्तीमा आउजाउ गर्न सदरमुकाम क्षेत्र पुग्नुपर्ने भएकोले बजार क्षेत्रका ठाउँ ठाउँमा उक्त किटनाशक औषधि छर्किएको हेटौंडा उपमहानगरपालिकाका मेयर महतले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*