नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । गत चैत्र ४ गते कतारको दोहाबाट काठमाण्डौँ आएका अर्को एक जना लाई कोरोना रिर्पोट पोजेटिभ आएको छ ।
बिहीवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले छैटौँ नेपालीमा सङ्क्रमण देखा परेको बताएका हुन्। उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड-१९ पोजिटिभ देखिएको बताए।
उनले भने, “दोहाबाट काठमाण्डू आएको QR 652 उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।” यसअघि नेपालमा देखिएका पाँचैवटा कोभिड-१९ सङ्क्रमणका घटनामा विदेशबाट फर्किएका नेपालीहरू जोडिएको अधिकारीहरू बताउँछन्
यस अघि नेपालमा ५ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा १ जना निको भैसकेका छन भने चारजना उपचारर्थ रहेका छन् ।
सेयर गर्नुहोस्






















