हेटौँडा–४ का अति बिपन्न परिवारलाई अधीकृत विक्रेतासंघको खाद्यान्न सहयोग

टुडे संवादाता
२० चैत्र २०७६, बिहीबार १७:१७

 चैत २०, हेटौँडा/ अधिकृत बिक्रेता ब्यवसायि संघ हेटौँडाले अति बिपन्न परिवारलाई आज (बिहिवार) खाद्यान्न बितरण गरेको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण कम गर्नको लागि सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार पिडामा परेको भन्दै हेटौंडा – ४ गर्दोइमा ३० घर परिवारलाई खाद्यान्न वितरण गरीएको मकवानपुर अधिकृत बिक्रेता ब्यवसायि संघका महासचिब दामोदर पाठकले जानकारी दिनुभयो ।
भिडभाड नहोस भनेर प्रत्येक विपन्न परिवारको घरमै गई चामल,तेल, नुन लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको पाठक बताउनुहुन्छ ।  स्थानीय टोल बिकास सस्था र युवा क्लबको सहभागितामा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*