हेटौंडा ११ सिमलटार टोलका ६३ विपन्न परिवारलाई राहत

हेटौडा टुडे
२१ चैत्र २०७६, शुक्रबार २०:०८

चैत्र २१हेटौंडा/ मकवानपुरको हेटौंडा ११, सिमलटार टोलका अति विपन्न ६३ परिवारलाई आज (शुक्रबार) आवश्यक खाद्यान्न सहयोग गरिएको छ ।

लक डाउनका कारण दैनिक ज्यालादारीको काममा जान नपाएपछि छाक टार्न समस्या भएकालाई सिमलटार टोल विकास संस्थाले स्थानीय संघसंस्था तथा व्यक्तिको सहकार्यमा प्रतिव्यक्ति २५ किलोको चामल एक बोरा, २ किलो दाल, तेल, साबुन, मास्क प्रदान गरेको हो ।

राहत वितरण कार्यका लागि स्थानीय विपन्न बचत तथा ऋण सहकारी संस्थाले दश हजार रुपैंया, क्युपेक नेपालले दश बोरा चामल, ५० किलो दाल, १० पाकेट नुन, कोरियन चर्चले दश हजार रुपैंया नगद र ६० वटा माक्स, सिमलटार टोल विकास समितिका अध्यक्ष मधु थापा मगले ३० लिटर दूध सहयोग गरेका हुन् ।

टोल विकास संस्थाका अध्यक्ष थापाको अगुवाईमा टोलमा रहेका अति विपन्न परिवारलाई लाई आवश्यक खाद्यान्न सहयोग गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*