लकडाउन थप्ने विषय पुन मन्त्री परिषद् बैठक बस्ने

टुडे संवाददाता
२२ चैत्र २०७६, शनिबार २०:३५

चैत्र २२, काठमाडौं/आज (शनिबार) दिउँसो ४ः३५ बजे सुरु भएको मन्त्रिपरिषद् बैठक साँझ आठ बजे सम्पन्न भएको छ । मन्त्री परिषदले लकडाउनलाई अझै प्रभावकारी बनाउने निर्णय संगै एक जिल्ला बाट अर्को जिल्लाको आवत जावत बन्द गर्ने एक प्रदेश बाट अर्को प्रदेश मा समेत आवत जावत बन्द गर्ने , कैलाली कन्चनपुर र बाग्लुङ लाई पहिलो प्रथामिकतामा राखेर र्यापिड टेस्ट गर्ने , स्वास्थ्य उपकरण हरु यथा सिघ्र उपलब्ध गराउने र स्वास्थ्य सुरक्षा मा खलल पुर्याउनेलाई कडा कार्वाही गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा लकडाउन र समग्र देशको अवस्थाको बारेमा छलफलका लागि दिउँसो बोलाइएको बैठकले लकडाउनको बिषयमा कुनै निर्णय नगरेको सरकारका प्रवक्ताले जानकारी दिनुभएको छ ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मन्त्रिपरिषद्को ४ : ३५ बजे सुरु भएको बैठक साझ ८ बजे सम्पन्न भएको हो ।सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन थप गर्ने नगर्ने विषयमा पुन मन्त्री परिषद् को बैठक बसेर निर्णय लिने तयारी गरेको छ ।

चैत ११ गतेबाट सुरु भएको लकडाउन चैत २५ गतेसम्म थपेको सरकारले पुनः वैशाख ३ गतेसम्म लकडाउन गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता गरेको स्रोतको दाबी छ। बैठकमा स्वास्थ्य सामग्री खरिद को बिषयमा भने कुनै वहस भने हुन सकेन । जननिनेपाल डटकममा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*