चैत्र २२,हेटौंडा / दारी ग्याँङ हेटौंडाले आज हेटौंडा ९ मा बस्ने कमजोर आर्थिक अवस्था भएको परिवारलाई खाध्यान्न सामाग्री सहयोग गरेको छ ।
अजित खड्काको संयोजकत्व मा भएको उक्त कार्यक्रममा दैनिक ज्याला मज्दुरि गरेर जिविको पार्जन गदै आएका कमजोर आर्थिक अवस्था भएको १५ घरधुरि लाई खाध्यान्न सामाग्री सहयोग गरेको दारि ग्याँङका सदस्य सतिस अधिकारि ले जानकरि दिनुभयो।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण कम गर्नको लागि नेपाल सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार पिडामा परेको भन्दै दारी ग्याँङ हेटौंडाले हेटौंडा – ९ मा बस्ने कमजोर आर्थिक अवस्था भएको परिवारलाई खाध्यान्न सामाग्री वितरण गरेको हो ।
दारी ग्याँङले “एक लाईक एक रुपैंया” अभियान बाट सङकलित रकम प्रत्येक विपन्न परिवारको घरमै गई चामल,तेल, नुन,साबुन लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको अधिकारि बताउनुहुन्छ ।