कँडेलकाे नेतृत्वमा मूर्ति निर्माण गर्ने मजदुरलाई खाद्यान्न वितरण

टुडे संवाददाता
२३ चैत्र २०७६, आईतवार २१:४०

चैत्र २३,हेटाैँडा/सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा उप-केन्द्र हेटौंडा १० का अध्यक्ष प्रदिप कँडेंलले आज मजदुरहरुलाई खाध्यान्न सामाग्री सहयोग गर्नुभएको छ ।

हेटौंडा १० गोरक्षेश्वर मा निमार्णाधिन ५२ फिट अग्लो हनुमान मुर्ति निमार्णमा रहेका साेलुखुम्बु, उदयपुर लगायतका १० जना मजदुर तथा साधुसन्तहरुलाई खाध्यान्न सामाग्री वितरण गरिएको अध्यक्ष प्रदिप कडेंलले जानकारी दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण कम गर्नको लागि नेपाल सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर पिडामा परेको भन्दै चामल, दाल, नुन, तेल वितरण गरिएकाे कँडेलले बताउनुभयाे ।

खाध्यान्न सामाग्री वितरण कार्यक्रममा सामुदायिक प्रहरी सेवा उप-केन्द्रका सदस्य किरण लामा ,सल्लाहकार यज्ञप्रसाद कँडेंल लगायतकाे उपस्थिति रहेको थियो ।

मजदुरहरुलाई खाध्यान्न राहत सामग्री नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलि लगायतकाे समन्वयमा गरिएकाे कँडेलले जानकारी दिनुभयाे । युवा समाजसेवी कँडेलले सामुदायिक प्रहरी सेवा उप-केन्द्र हेटौंडा १० बिचल्लीमा परेका, दैनिक ज्याला मजदुरी गर्नेलाई समस्या परेमा आफ्नाे केन्द्रमा सम्पर्क गरेमा राहत उपलब्ध गराउने समेत बताउनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*