हेटौँडामा लकडाउन उलंघन गर्ने ६ जना सहित ५० मोटरसाईकल प्रहरीको नियन्त्रणमा

टुडे संवादाता
२४ चैत्र २०७६, सोमबार १५:५७

 चैत्र २४,हेटौँडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लगडाउन उल्लघन गरेको भन्दै ५० ओटा सवारी (मोटरसाईकल) सहित ६ जनालाई नियन्त्रण गरेको छ ।

विभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि प्रहरी ले थप कडिकडाउ गरेको हो । आजै मात्र जिल्ला स्तरीय कमाण्ड पोष्टले लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको थियो । जस अनुसार अस्पताल जानु बाहेक एक मोटरसाईकलमा एकजना भन्दा धेरै ब्यक्ति यात्रा गर्न नपाउने, खोपेगल्ली र बसपार्कमा रहेको तरकारी बजार अब थोक ब्यापारीको लागि मात्र खुल्ला गर्ने सहितको निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*