चैत २५,काठमाण्डौ /प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा टिव्टरमा यसबारेमा लेख्नुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने हुनु भएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सूर्य थापाले जानकारी दिनुभएकाे छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेलीज्यूले आज बिहान ११:०० बजे राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ ।
नेपाल टेलिभिजनकाे प्रत्यक्ष प्रशारणमार्फत बालुवाटारबाट उहाँकाे संबाेधन सार्वजनिक हुनेछ ।
सबै संचारमाध्यमहरूलाई NTV Live पछ्याउनु हुन अनुराेध गरिन्छ ।— Surya Thapa (@ThapajiSurya) April 7, 2020
प्रधानमन्त्रीको सम्बोधन कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयासका बारेमा केन्द्रित हुने बताइएको छ ।