चैत २५,हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले लकडाउनको समयमा दुध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार बिहान नियन्त्रणमा लिएको छ । हेटौंडा उप महानगरपालिका वडा नम्बर २ स्थित चौकिटोलमा उक्त अटो लाई नियन्त्रण गरिएको प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो ।
प्रहरी चौकी चौकिटोल मकवानपुरबाट खटिएको प्रहरी टोलिले चौकिटोल स्थित
सडकमा ना १ ह ५३८१ नम्बर को अटोमा दुध ढुवानी सेवा भनि टाँस गरी सामरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको उक्त अटोलाई रोकी चेकजाँच गर्दा दुधको ३ वटा खाली क्यान रहेको र सोहि अटोमा ५ वटा जर्कीनमा अबैध घरेलु मदिरा १४० लिटर फेलापरेको हुँदा उक्त अटो चालक, मदिरा, अटोलाई नियंत्रणमा लिईएको मकवानपुर प्रहरी ले जनाईएको छ ।
प्रहरीका अनुसार मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको बताईएको छ ।