मङ्गलबारसम्म दुई हजार एक सय २२ जनाकाे काेराेना परीक्षण : स्वास्थ्य मन्त्रालय

टुडे संवाददाता
२६ चैत्र २०७६, बुधबार ०८:४०

चैत २६,काठमाण्डाै /देशका विभिन्न १० ठाउँमा कोरोना भाइरस (काेभिड १९) काे परीक्षण हुन थालेसँगै परीक्षणको दायरा पनि बढेको छ ।

मङ्गलबारसम्ममा दुई हजार एक सय २२ जनाको कोरोना परीक्षण गरिएकाेमा ९ जनामा मात्रै कोरोना पुुष्टि भएको सरकारले छ । सङ्क्रमण पुष्टि भएकामध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अरु आठ जनाको विभिन्न अस्पतालमा आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेकाे छ ।

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार सात सय ९६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा थोरै जनकपुर प्रादेशिक अस्पतालमा १५ जनाको मात्र परीक्षण गरिएको छ ।

अहिले देशैभरि एक सय जनाकाे कोरोनाको आशङ्कामा आइसोलेशनमा उपचार भइरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*