को हुन ?मकवानपुगढीको स्वास्थ्य परामर्श कक्षमा अराजकता मच्चाउने

टुडे संवाददाता
२६ चैत्र २०७६, बुधबार १०:०३

 चैत्र २६,हेटौंडा /मकवानपुगढी गाउँपालिका वडा नम्वर २ स्थित शिखरकटेरीमा गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य परामर्श कक्ष भत्काइएको छ ।

कान्तिलोकपथमा राखिएको उक्त कक्षलाई केही अराजक मानिसहरु आएर तोडफोड गरेको स्थानीय राजकुमार गोलेले बताउनुभएको छ ।

उहाँले उक्त गतिविधि गर्नेलाई आवश्यक कारबाहीको दायरामा ल्याउन गाउँपालिका र प्रहरी प्रशासनको ध्यानाकर्षण गराउनुभएको छ ।

यस घटना लाई लिएर वडा अध्यक्ष बखान सिङ पाख्रिन हेटौंडा टुडे सँग यसो भन्नुहुन्छ “कान्तिलोक पथ विकास निमार्णको लाई ठिगंनको बकुवामा २ ओटा टिफरमा अलकत्रा ओसार्ने कार्य भईरहेको छ ।स्थानियले बिना पास नपठाउने लान पाउँदैन भनेपछि जता बाट आको उतै फर्काए ,बेलुकिपख करिब साँढे आठ तिर केटारुले फर्काएर गढीमा ल्याएर झै झगडा भनाभन भएको र स्वास्थ्य परामर्श कक्षमा भएको ब्यानर,त्रिपाल च्यातिएको बताउनुहुन्छ ।”

ईलाका प्रहरी कार्यालय गढीका अनुसार तोडफोडको आशंकामा दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर गढी २ बस्ने प्रकाश बल र केशब परियारलाई पक्राउ गरि अनुसन्धान भईरहेको बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*