पेप्सीकोलाबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि

टुडे संवाददाता
२ बैशाख २०७७, मंगलवार १२:४३

 बैशाख २,काठमाडौं /पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*