१२ दिन थपियो लकडाउन, वैशाख १५ गतेसम्म कायम रहने

टुडे संवाददाता
२ बैशाख २०७७, मंगलवार १७:२४

 बैशाख ०२,काठमाण्डौ/नेपाल सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।

अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*