योजना आयोगका कार्यवहाक उपाध्यक्ष बस्नेतको गाडीमोह / सवारी चालक हुन की योजना प्रमुख छुट्याउनै कठिन

बैशाख ६,हेटौंडा /मकवानपुरको कैलाश गाउँपालिकामा शुक्रबार एक सरकारी गाडि दुर्घटनामा परे संगै यस बिषयमा चर्चा सुरु भएको छ । पद र पावरको दुरुपयोग गर्दै सरकारी सवारी साधनको दुरुपयोग हुदा समेत नियमक निकाय भने अनुसन्धान गर्न भन्दा पनी कठैबरा भन्नमै मस्त रहेको आरोप लागेको छ । प्रदेश निती तथा योजना आयोग बागमती प्रदेशका सदस्य हाल कार्यवहाक उपाध्यक्ष समेत रहेका श्याम कुमार वस्नेतले सरकारी सवारी साधनको दुरुपयोग गर्ने गरेको खुलसा भएको हो ।
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ सागिनेमा प्रदेश ३ ०३ ००१ झ ००३ नम्बरको गाडि पल्टिए संगै सरकारी गाडी दुरुपयोग भएको तथ्य बाहिरिएको थियो । प्रदेश निती तथा योजना आयोग को गाडी महिनौ देखी श्याम कुमार वस्नेतले दुरुपयोग गर्ने गरेको तथ्य समेत सार्वजनिक भएको छ । प्रदेश निती तथा योजना आयोगमा सवारी चालक हुदा हुदै पनी महिनौ देखी श्याम कुमार वस्नेत आफैले गाडी चलाउने गरेका थिए । योजना आयोगको कार्यवहाक प्रमुख समेत रहेका श्याम कुमार वस्नेतले शक्तीको आडमा मनलाग्दी गरेको समेत आरोप लागेको छ । श्याम कुमार वस्नेतले यही टोलमा केही महिना अगी मात्र गाडी चलाउन सिकेका हुन तर अहिल उनि आफैले सवारी चालकलाई हटाएर आफै चलाउन थाले पछी हेटौडा २ मानसचोकका स्थानियनै आश्चार्यमा परेको स्थानिय बिवेक राजथलाले बताए ।
प्रदेश निती तथा योजना आयोगका कार्यवहाक प्रमुख वस्नेत को गाडी मोह यती सम्म रहेछ की उनले आफुले गाडी चलाउन सिके पछी सोही गाडिका सवारीचालकलाई हटाएर आफै प्रमुख आफै चालक समेत बनेका हुन । मकवानपुरको कैलाश गाउपालिका मा योजना अनुगमन गर्ने वहाना मात्र रहेको स्थानियले वताएका छन । आर्थिक मामिला मन्त्रालय बागमती प्रदेशमा कार्यरत आशा लामा को घर समेत कैलाश गाउपालिकामा रहेको ले प्रदेश निती तथा योजना आयोगका कार्यवहाक प्रमुख श्याम कुमार बस्नेतले सरकारी गाडिमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत महिला आशा लामा र तत्कालिन नेकपा एमाले का पुर्व सासद ललित बस्नेत लाई समेत लिई कैलाश भ्रमणमा निस्केका थिए । दुई बस्नेतको सरकारी गाडी प्रयोग संगै कैलाश भ्रमण रहस्यमय भएको छ । देश लकडाउनले आक्रान्त छ तर सरकारी गाडी दुरुपयोग गर्दै पद र पावरमा रहेका हरु कैलाश भ्रमणमा निस्कनु राज्यको सम्पती को चरम दुरुपयोग हो स्थानीय अक्कल बहादुरले बताए । प्रदेश निती तथा योजना आयोगका वस्नेत ले न सरकारी गाडी प्रयोग गर्ने बारे पास लिएका छन न त लक बुक नै भरेका छन । सावारी चालक अनुमती पत्र समेत नरहेको आरोप समेत लागेको छ । नेकपा का पुर्व सासद ललित बस्नेत र आर्थिक मामिला तथा योजना आयोगमा कार्यरत आशा लामा लाई साथै लिएर के योजनाका अनुगमन गर्न कैलाश पुगे त बस्नेत सबै को चासोको बिषय बनेको हो । बस्नेत आफै ड्राईभर बनेको उक्त सरकारी गाडी को लक बुक देखी बस्नेतको सवारी चालक अनुमती पत्र समेत तत्काल अनुसन्धान गरी कार्वाही गर्नु पर्ने दवाव बढेको छ । यस बिषयमा प्रदेश निति तथा योजना आयोगका श्याम कुमार वस्नेत सित प्रतिक्रिया लिदा उनले भने ” आफु प्रेदेशको सबै जिल्ला सबै गाउपालिका पुगि सकेको तर मकवानपुरको कैलाश चै नपुगेका कारण पुर्व सासद ललित बस्नेत र आर्थिक मामिलामा काम गर्ने आशा लामा लाई लिएर कैलाश अनुगमनमा गएका हौ । बाटोमा जादै गर्दा दुर्घटना भयो ” यहि बिषयमा आर्थिक मामिलामा कार्यरत आशा लामा सित प्रतिक्रिया लिदा उनी भन्छिन ” मेरो पनी घर कैलाशनै रहेको र सर हरुले जाउ भने पछी आफु पनी गएको हो ” । आशा लामा को घर कैलाश रहेको र बस्नेतले यो लकडाउनमा सरकारी गाडी दुरुपयोग गरी लामा लाई घर पुर्याउन उक्त गाडी प्रयोग गरेको हुन सक्ने स्थानियको आरोप रहे पनी नेकपा का नेता एवम् पुर्व सासद ललित बस्नेत चै किन गए कैलाश के ललित बस्नेत पनी योजना आयोगकै हुन त ? भन्ने प्रश्न चर्चामा रहेको छ । बस्नेत आफैंले चलाएको गाडी अहिले हेडम्बा अट्टो वर्कसपमा रहेको र उक्त गाडी मर्मत संभारको खर्च कस्ले बेहोर्ने भन्ने बिषय पनी चर्चामा रहेको छ । गाडि दुर्घटना पस्चात बस्नेतले सागिनेका स्थानीयलाई आफु गाउँमा चामल लिन आएको बताएका थिए । सरकारले लकडाउनको निर्णय गरेको समयमा के कारण सरकारी गाडि गाउँ पुग्यो भन्नेमा स्थानीय नै अचम्ममा परेका छन् । गाडि सडकमै पल्टिएपछि जेसिभि प्रयोग गरेर उठाईएको थियो ।स्रोत:जननी नेपाल डटकम