शुक्रबार थप एक जनालाई कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित संख्या ४९ पुग्यो

टुडे संवाददाता
२०७७ बैशाख १२, शुक्रबार २१:२४ गते

वैशाख १२,काठमाडौं/आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ ।

 

https://www.facebook.com/mohpnep/posts/880756769079510

आज भेटिएका बिरामीको आइसोलेशनमा उपचार भइरहेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*