
वैशाख १२,काठमाडौं/आज थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।
बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ ।
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ | आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान…
Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 24. April 2020
आज भेटिएका बिरामीको आइसोलेशनमा उपचार भइरहेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


सेयर गर्नुहोस्