
बैशाख १७,हेटौंडा /विद्याथी हकहित र अधिकारका लागि संँधैभर लड्दै आईरहेको नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडामा विरोध प्रदर्शन गरेको छ । नेवि संघले बुधबार विहान प्रदेश राजधानी हेटौंडामा सरकार विरुद्ध विरोध प्रदर्शन गरिएको हो ।
नेविसंघका केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा जिल्ला अध्यक्ष राजु खतिवडा सहितका विद्यार्थीहरुले सरकारविरुद्ध प्रर्दशन गर्दै हेटौंडाको बुद्धचोकमा नारावाजी गरेको जिल्ला अध्यक्ष राजु खतिवडाले बताए ।
‘भ्रष्ट सरकार मुर्दावाद, राहत वितरणमा एकरुपता कायम गर, भ्रष्टचारीलाई कारवाही गर’ जस्ता प्लेकार्ड बोकी नारा लगाइएको थियो । विरोध प्रर्दशनमा एक दर्जन विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघबाट सुरु गरिएको प्रदर्शन बुद्धचोकमा गएर समापन गरिएको थियो । नेविसंघ मकवानपुरले यसअघि लकडाउकै बीच सरकारले ल्याएको विवादास्पद दुई अध्यादेश विरुद्ध पनि प्रर्दशन गरेका थिए ।