बैशाख २३, हेटौडा
मकवानपुरगढी गाउँपालिकाले कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती तथा पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । बिश्वब्यापि रुपमा फैलिएको कोरोना संकमणको जोखिम न्युनिकरण गर्नको निम्ति सरकारले २०७६ चैत्र ११ गतेबाट लागु गरेको लक डाउनले पारेको समस्या सगै उत्पन्न हुन सक्ने खाध्य संकटलाई मध्यनजर गर्दै पालिकाले यो निर्णय गरेको हो । हिजो सोमबार पालिकाले एक सार्वजानिक सुचना जारि गर्दै आफ्ना पालिकाबासिहरुलाई अनुदानका बारेमा जानकारी गराएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न तथा लकडाउनका कारण अन्य ठाउबाट घर फर्किएका वा घर फर्किन चाहना गरेका पालिका बासिहरुलाई खेतीपाति गर्न तथा पशुपालन गर्न प्रेरित गर्न उदेश्यले पालिकाले भु–उपयोग कार्यविधि २०७७ संशोधन सहित कार्यान्वयनमा ल्याएको सुचनामा जनाईएको छ । पालिकाले पालिका भन्दा बाहिर रहने वा बिदेश बाट फर्किएका संगै जाने तयारिमा रहेका बिपन्न युवाहरु पहिलो चरणमा एक सय जना युवालाई तालिमसहित कृषि र पशुपालनका लागि प्रोत्साहन स्बरुप बीउ, पुँजी सहयोग कार्यक्रम छ ।
मकवानपुर गढि गाउँपालिकाले बाँझो जग्गा उपयोग अनुदानमा आप , कटहर, सुन्तला कागति लगायतका फलफुल खेती गरे प्रति रोपनी दुई हजार रुपैयाँ, बाझो जग्गामा अन्नबाली, तरकारीबाली , नगदेबाली , मसलेदार खेति गरे प्रतिरोपनी दुई हजार पाँच सय रुपैयाँ, लकडाउनको समयमा पालिकाले उपलब्ध गराएको राहत प्राप्त गर्ने परिवारले बाहिरबसि काम गरेका बिपन्न तथा मजदुर घरपरिवारले आफ्नो स्वामित्वमा रहेको बाझो जमिन वा लिजमा लिएको जमिनमा अन्नबाली, तरकारीबाली, फलफुल तथा मसलाजन्य खेती गरेमा प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
साथै बाँझो रहेको आफ्ना जग्गा वा लिजमा लिएको जग्गामा सुधारिएको खोर वा गोठ निर्माण गरि घास लगाई ब्यबसायिक पशुपालन गरेमा प्रति रोपनि तिन हजारका दरले अनुदान रकम उपलब्ध गराउने छ त्यस्तै बाँझो रहेको आफ्ना जग्गामा ३० वटा बाख्रा वा ५ वटा गाई, भैंसी वा १० वटा बंगुर पाल्ने गरी गर्न एक लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने छ साथ साथै माछा पालन गर्न पोखरी बनाउन प्रतिरोपनी १५ हजार रुपैयाँ, मौरी पालन गर्ने किसानलाई प्रतिघार पाँच हजार रुपैयाँसम्म अनुदान वितरण गरिने जनाएको छ , ब्यबसायिक जडिबुटि खेति गर्नका लागि प्रति रोपनि पांच हजार र सामुहिक खेति गर्न चाहानेहरुको लागि समेत मकवानपुर गढि गाउपालिकाले राहतको योजना अघि सारेको छ ।
गाउ फर्क अभियान अन्र्तगत पालिकाले गाउमै आएर कै गर्न खोज्नेहरुको लागि यस्तो अनुदानको कार्यक्रम सार्वजानिक गर्नु आफैमा राम्रो काम हो र यस्तो अनूदान लक्षित बर्गले पाउन सके समाजमा पकै कृषि क्रान्ति हुने निश्चत छ ।