प्रशासनलाई काङ्ग्रेस नेतृ डीनाको सहयोग

हेटौंडा टुडे
२३ बैशाख २०७७, मंगलवार १६:१०

बैशाख २३, हेटौडा / नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य महालक्ष्मी उपाध्याय डीनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई मास्क र स्यानिटाइजर सहयोग गरेकी छिन् । मंगलबार प्रशासन कार्यालय पुगेर उनले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई मास्क र स्यानिटार हस्तान्तरण गरेकि हुन् ।  डीनाले प्रशासन कार्यालयलाई ७५० थान गुणस्तरीय मास्क र एकसय बोत्तल स्यानिटाइजर सहयोग हस्तान्तरण गरेकी हुन् ।

कोरोना रोगको महामारीको कारण विश्व नै त्रसित अवस्थामा छ । यो अवस्थामा नेपाली काङ्ग्रेसले सकेको सहयोग राहत र उद्दारको काम गरिरहेकै छू,  डीनाले भनिन् । यो अवस्थामा काङ्ग्रेस मकवानपुरले पनि विभिन्न सहयोग अभियान चलाइरहेकै छ । जिल्लाको शान्ती सुरक्षालगायतको काममा खटिएका प्रहरी प्रशासनलाई सहज होस् भन्ने उधेश्यले मास्क र स्यानिटाइजर उपलब्ध गराएको हुँ । जिल्ला प्रशासन कार्यालयमा भैरहेको कमान्ड पोष्ट बैठकको समयमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेतृ डीनाले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने जानकारी दिइन ।

प्रमुख जिल्ला अधिकारी नेपालले सहयोगप्रती आभार व्यक्त गर्दै यसले प्रहरी प्रशासनलाई विषम परिस्थितिमा काम गर्न थप सहयोग मिल्ने बताए । मास्क र स्यानिटाइजर हस्तान्तरणको निम्ती काङ्ग्रेस हेटौंडा उपमहानगर सभापती आनन्दराम पराजुली, तरुण दल ३ नम्बर क्षेत्रीय सभापति सन्जय श्रेष्ठ, स्थानीय समाजसेवी लक्ष्मण सुबेदीलगायत पुगेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*