बैशाख २६ ,हेटौडा/नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले हेटौडा अस्पताललाई रोबोट सहयोग गरेको छ। रोबोटले बिरामीलाई औषधी र खाना लगायतका सामाग्री बेडसम्म पुर्याउने काम गर्दछ। बागमती प्रदेशका मुख्यमन्त्रीको उपस्थितीमा एशोसिएसनले रोबोट अस्पताललाई हस्तान्तरण गरेको हो। उक्त रोबोटको नाम सिस्टर राखिएको छ।
नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशको नेतृत्वमा र ओज्टेक, कान्तिबिर, द रोबोनौट्स र रोबोटोक्स एशोसिएसन अफ नेपालको प्राविधिक सहयोगमा १ लाख लागतमा यो रोबोर्ट तयार पारिएको । नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश सदस्य इन्जिनियर सुरज गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार रोबोटले करिब ५ सयदेखि ७ सय मिटरसम्मको दुरीमा काम गर्न सक्छ । रिमोट कन्ट्रोलको सहयताले कन्ट्रोल रुममै बसी बिरामी सम्म सामग्री पुर्याउन यसले मद्दत गर्दछ ।
बिशेषगरी कोभिड(१९ कोरोना भाइरस र अन्य कुनै सरुवा रोगका बिरामी भएका आइसोलेसन वार्ड लगायतका स्थानमा यो सिस्टर रोबोट प्रयोग गर्न एशोसिएसनले जनाएको छ । कन्ट्रोल रुममा बसेर स्वास्थ्यकर्मीले बिरामीलाई आवश्यक पर्ने औषधी, खाना, खाजा लगायतका सामग्री रोबोटमा एफ।पी।भी सिस्टमद्वारा रुममै बसेर हेर्न सक्नेछन् भने रोबोटमा ट्याब्लेट समेत जडान गरिएकाले स्वास्थ्यकर्मीले प्रतक्ष्य बिरामीसंग कुराकानीसमेत गर्न सक्नेछन । १० दिनमा १ लाखको लागतमा सिस्टर भर्सन १।० रोबोट तयार पारिएको रोबोटिक्स एशोसिएसनका अध्यक्ष बिकास गुरुङले जानकारी दिनुभयो । पृथ्वी चौधरी, पंकज जप्रेल, रिचन जोशी, अनिल सिंह, बिकास गुरुङ लगायतको समूहले उक्त रोबोट बनाएको हो । नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले यस अघि १० वटा नमुना कोभिड(१९ स्वाब सन्कलन बुथ निर्माण गरि बागमती प्रदेशका विभिन्न जिल्ला हस्तान्तरण गरिसकेको छ । त्यस्तै एशोसिएसनले थप बुथहरु निर्माण गरिरहेको जनाएको छ ।