मकवानपुरगढी गाउपालिकाले बिदेशमा रहेको आफ्नो पालिकाबासिको तथ्यांक संकलन सुरु गर्दै ।

हेटौंडा टुडे
१० जेष्ठ २०७७, शनिबार १०:३०

जेठ १०, हेटौंडा

मकवानपुरगढी गाउपालिकाले बिदेशमा रहनु भएका  आफ्ना पालिका बासिहरुको नामावली संकलन कार्य  गरु गर्ने भएको छ ।

बिश्वब्यापी माहामारिको रुपमा फैलिएको नोबल कोरोना भाईरस संक्रमणको जोखिमको कारण बिभन्न मुलुकमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य कामको लागि गएका ब्यक्तिहरुलाई आफ्नो पालिका फर्काउन काम  पालिकाले  सुरु गरेको हो । मकवानपुरगढी गाउँ पालिकाले आफ्नो पालिका भित्र बसोबास गर्ने नागरिकहरू जो कोरोना भाईरस संक्रमणको जोखिमका कारण आफ्नो घर फर्कन नपाईरहेका छन उनिहरुलाई लछिईत गर्दै पालिकाले सूचना निकालेको छ । वैदेशिक मुलुक रहेको ब्यक्ति जो नेपाल आउन चाहान्छन उनिहरुले आफू रहेको मुलुकको नाम  , आफू बसोबास गर्ने पालिकाको वडा नम्बर , आफ्नो नाम पालिकाको सामाजिक सन्जाल वा पालिकाको फोकल पर्सन सुचना प्रबिधी अधिकृत  सुरज पौडेललाई मोबाईल नम्बर 9855072136 मा सम्पर्क गर्न हुन समेत अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*