जेठ २२ , हेटौडा
हेटौडा पाच क्याम्पाडाडामा भएको मोटरसाईकल दुर्घटनामा परि बिहिबार साझ एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा हेटौडा चार पारिजातपथ निवासि अन्दाजि ६० बर्षिय जित बहादुर थापा रहेको छन । हेटौंडा ६ चौघडाबाट हेटौडा बजारतर्फ आउँदै गरेको ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । घाईतेको उपचारको लागि हेटौडा अस्पताल ल्याईएको थियो उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरि कार्यालय मकवानपु्रले जनाएको छ ।
सेयर गर्नुहोस्