चितवनमा थप सात जनामा कोरोना संक्रमण

हेटौंडा टुडे
२६ जेष्ठ २०७७, सोमबार १८:०६

जेठ 26, चितवन

चितवनका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भरतपुर महानगरपालिका भित्रका हुन् ।भरतपुर महानगरपालिकाको वडा नम्बर २८ मा २ जना, २७ मा २ जना तथा वडा नम्बर २०, १९ र ११ मा १/१ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले बताए । यसअघि महानगरमा ४ जनामा संक्रमण पुष्टि भएको थियो । आज मात्रै भरतपुर महानगरका क्वारेन्टिनका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आज ३० जनामा कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*