नागरिकता ऐेनकाे संशाेधन प्रस्ताव सच्याउन जनता समाजवादीले बुझायाे ज्ञापन पत्र

हेटौंडा टुडे
१६ असार २०७७, मंगलवार १९:०५

 

हेटाैँडा, १६ असार

जनता समाजवादी मकवानपुरले नागरिकता ऐेनकाे संशाेधन प्रस्ताव सच्याउन प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

जसपा मकवानपुरले हालै राज्यव्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेकाे नागरिकता ऐनकाे संशाेधन प्रस्ताव भेदवाव उन्मुलन सम्वन्धी अन्तराष्ट्रीय महासन्धी विराेधी भएकाे भन्दै उक्त विधेयक सच्याउन माग गर्दै ४ बुँदे ज्ञापन पत्र बुझाएकाे जिल्ला नेता राजेन्द्र सिम्खडाले जानकारी दिए ।

समान व्यवहार गरि राज्यका सबै नागरिकहरुकाे अभिभावक बन्ने अवसरकाे सदुपयाेग गर्न सरकारलाई गम्भिरतापूर्वक आग्रह गर्ने ज्ञापन पत्र पेश गरिएकाे जनता समाजवादी पार्टीका केन्द्रीय नेता साेनाम सिं स्याङतानले बताए । यदि विभेद निषेध र वहिष्करण कायमै रहने हाे भने जनताकाे आन्दाेलित हुने अधिकारलाई कसैले राेक्न नसक्ने केन्द्रीय सदस्य स्याङतानले बताए ।

ज्ञापन पत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले प्रधानमन्त्रीकाे कार्यालयसँग समन्वय गरेर उक्त पत्र छिट्टै पठाइने बताए ।

प्रजिअ नेपाल, मकवानपुर प्रहरी प्रमुख शुशिल सिं राठाैर, सुचना अधिकारी देवचन्द्र गर्ताैलाकाे उपस्थितिमा जसपाका जिल्ला नेताहरु तुफान विक्रम क्षेत्री, हरिहर खतिवडा, बिकेन्द्र लामा लगायत ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागि भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*