हेटौँडामा र्याली: देशको मुहार फेर्नु छ साथी,पार्टी भन्दा राष्ट्र माथी !(फोटो फिचर)

हेटौडा टुडे
२२ असार २०७७, सोमबार १९:०८

असार २२,हेटौंडा / नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थी र युवाहरुले बागमती प्रदेशको राजधानी हेटौँडामा आज र्याली निकालेका छन् ।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानर बोकेका सयौँ युवा तथा विद्यार्थीहरुले नारा लगाउँदै बजार परिक्रमा गरेका हुन् ।

र्यालीमा सहभागि नेकपाका युवा नेता एवम् जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाँईले शीर्ष नेताहरु पार्टी विभाजनतर्फ भन्दा पनि एकता कायम गरी मुलुकलाई समृद्धितर्फ लैजान एकजुट हुनुपर्ने बताए ।

हेर्नुहोस् र्यालीका तस्वीर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*