प्याप्सनका केन्द्रीय सल्लाहकार श्रेष्ठ नेकपा छोडी नेपाली कांग्रेसमा प्रवेश

हेटौंडा टुडे
१ श्रावण २०७७, बिहीबार १९:०९

हेटौंडा, १ साउन प्याब्सनका केन्द्रीय सल्लाहकार एवं नेकपा मकवानपुरका संगठित सदस्य तथा समाजसेवी आशिष श्रेष्ठ विहिबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको सदस्यता दिई खाँदा ओडाएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बानियाँले श्रेष्ठको योगदान र पार्टीमा निरन्तरताको आधारमा पार्टीमा जिम्मेवारी दिने बताउँदै उहाँको प्रवेशले कांग्रेस थप मजवुत र संगठित हुन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
कांग्रेसमा प्रवेश गरेपछि बोल्दै श्रेष्ठले नेकपा भ्रष्टाचार जालोबाट उम्कन नसक्ने बताउँदै देशलाई निकाश दिन र समृद्धि दिलाउन कांग्रेस मात्रैले सक्ने भएकाले कांग्रेसमा प्रवेश गरेको बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले, कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, तरुण दल हेटौंडा नगर सभापति सुनिल गरीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*