कञ्चनपुरमा अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

टुडे संवादाता
८ श्रावण २०७७, बिहीबार ०९:४३

८ साउन,कञ्चनपुर/कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । झ्यालका सिसाहरु फुटाएर पेट्रोलियम पदार्थ छर्किइ वडा कार्यालयमा आगजनी गरेको पाइएको शुक्लाफाँटा नगरपालिका ७ का वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए।

आगजनीबाट वडा कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी, टेबुल र कागज पत्र जलेर नष्ट भएको उनले बताए। वडा कार्यालयमा कसले, किन आगजनी गर्‍याे भन्ने अहिलेसम्म खुल्न सकेको छैन। क्षतिको विवरण संकलन गरी घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको भनाइ छ।

उनका अनुसार, सभाहल र सचिवको कार्यकक्षमा बाँसको मसाल बनाई पेट्रोलियम पदार्थको सहायताले आगजनी गरेकाले बढी क्षति भएको छ। वडाध्यक्षको कार्यकक्षमा भने आंशिक रुपमा क्षति भएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*