इन्द्रसरोवरको क्वारेन्टाइनमा रहेका ७ जनाकै रिपोर्ट नेगेटिभ

हेटौडा टुडे
८ श्रावण २०७७, बिहीबार २२:१६

`हेटौंडा / इन्द्रसरोवर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । इन्द्रसरोवरमा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरु ७ जनाकै रिपोर्ट नेगेटिभ आएको इन्द्रसरोवर गाउँपालिकाका अहेब बुद्धिराम थिङले जानकारी दिनुभयो । विभिन्न देशबाट आएका इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीको ४ जना, वडा नं १ मार्खुको २ जना र वडा नं ४ फाखेलको १ जना गरी ७ जनाकै को रिपोर्ट नेगेटिभ आएको हो । विदेशबाट आएका नागरिकहरुलाई इन्द्रसरोवर गाउँपालिका वडा नं २ कुलेखानीको सिमखोलामा रहेको क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार हिजो नै कोरोना नेगेटिभ देखिएको हो । उनीहरुलाई १५ दिन क्वारेन्टाइनमा राखेर आज बिदाई गरी घर पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*