हेटौंडा । परिवार नियोजन संघ मकवानपुरको आयोजनामा सरोकारवाला तथा लक्षित समूहसँग अन्तरक्रिया कार्यक्रम आज बुधबार हेटौंडामा सम्पन्न भएको छ। संघका सभापति ईश्वर पण्डितको सभाध्यक्षतामा भएको कार्यक्रममा परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा यौन तथा प्रजनन अधिकारका विषयमा सरोकारवाला निकाय र लक्षित समूहबीच खुला छलफल गरिएको थियो। अन्तरक्रियाका क्रममा सेवाको पहुँच, गुणस्तर सुधार तथा समुदायमा देखिएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको संघका कर्मचारी महेश पाण्डेले जानकारी दिए।
कार्यक्रमले परिवार नियोजन सेवाप्रति सचेतना अभिवृद्धि गर्न, सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्न तथा लक्षित समूहको आवश्यकता पहिचान गर्न सहयोग पुग्ने संघले जनाएको छ। कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, समुदायका अगुवा तथा लक्षित समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघका पुर्व सभापति निगम श्रेष्ठ, कोषाध्यक्ष फुलमान श्रेष्ठ र शाखा प्रबन्धक ममिता काशुला लागाएतको उपस्थिती रहेको थियो।


















