हेटौँडा / हेटौँडामा निषेधाज्ञा आगामी भदौ १५ गतेसम्मलाई थप गरिएको छ । आज भएको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रको बैठकले हेटौँडामा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
यो संगै हेटौँडामा निषेधाज्ञा एक साता थपेर भदौ १५ गते सम्मको लागि कायम गरिएको छ ।
साउन २६ गतेबाट सुरु भएको निषेधज्ञा भदौ ९ सम्म कायम थियो ।आजको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
सेयर गर्नुहोस्