गढी गाउँपालिकामा थप १ जनामा कोरोना संक्रमण , जम्मा संक्रमित कति ?

टुडे संवादाता
९ भाद्र २०७७, मंगलवार २०:४९

हेटौंडा ।  मकवानपुरगढी गाउपालिका मङ्लवार (आज) १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए अनुसार मकवानपुरगढी गाउँपालीका वडा नम्बर ३ को १ पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो ।

कति पुगे संक्रमित

मकवानपुरगढी गाउपालिकामा आज पुष्टि हुने संगै १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भईसकेको छ । गढि गाउपालिमा हाल सम्म स्थायि रुपमा बसोबास गर्ने ६ जनामा कोभिड पोजेटिभ देखिएको छ ।

वडा नम्बर ३ को ४ जना र वडा नम्बर ५ को २ जना गरि ६ जनामा कोभिड देखि सकिएको छ भने त्यस मध्ये २ जनामा कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आईसकेको मकवानपुरगढी गाउपालिकाका स्वास्थ्य ईकाइका प्रमुख बिदुर लामिछानेले जानकारि दिनु भयो ।

आज पोजेटिभ देखिएको संगै बाकि ६ जना भने गढि गाउपालिकामा बसोबास नगर्ने तर कामको सिलसिलामा मात्र यहाको ठेगाना रहको र नगरका बिभिन्न वडामा बसोबास गर्ने मकवानपुरगढि स्वास्थ्य ईकाइका प्रमुख लामिछाने बताउँछन् । ।

यो सँगै मंगलबार मात्र मकवानपुर जिल्लामा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये हेटौडा उपहानगर पालिकाका बिभिन्न वडामा ३१ जना र मकवानपुरगढि गाउपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*