विभिन्न पार्टी परित्याग गरी चौघडामा ७१ जना कांग्रेसमा प्रवेश

हेटौंडा टुडे
१० भाद्र २०७७, बुधबार १२:५०

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका ६ चौघडामा विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस हेटौंडा उपमहानगरपालिका ६ चौघडाको आयोजना बुधबार भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा युवा नेता विष्णुबहादुर राईको नेतृत्वमा नेकपा तथा राप्रपाका १ सय ७१ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस हेटौंडा ६ का वडा सभापति रामहरि तिमल्सिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको थियो । नवप्रवेशीहरुलाई नेता बानियाँले टिका लगाएर सदस्यता वितरण गर्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले कोरोना महामारीको यो समयमा सरकार स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार र आसेपासेलाई राजनीतिक नियुक्ति दिलाउन व्यस्त रहेको भन्दै कांग्रेसको समर्थन रहँदारहँदै पनि क्वारेनटाईन र आईशोलोशन व्यवस्थापन गर्न सरकारले नसकेको बताउनुभयो ।
सरकारले भ्यान्टिलेर र आईसोलेशन बेड, किट अभाव तथा ल्याव व्यवस्थापनमा अहिलेसम्म पनि हेलचेक्र्याई गरिरहेको बताउँदै नेता बानियाँले जनता दुईतिहाई नजिकको कम्युनिष्ट सरकारप्रति निराश भएको बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका प्रवक्त प्रदिप कोइराला, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, क्षेत्रीय प्रतिनिधि होमबहादुर गौतम, वडा अध्यक्ष अर्जुन चौलागाई, ६ नम्बर वडाका निर्वतमा सभापति गोपालप्रसाद दुलाललगायत कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*