करेन्ट लागेर दासको मृत्यु

टुडे संवादाता
१० भाद्र २०७७, बुधबार २०:३१

रौतहट /रौतहटमा बौधीमाई नगरपालिका-९, सरमुजवा बस्ने ३२ वर्षीय रुपनारायण दासको बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका-८, कचोर्वा टोल बस्ने रामईश्वर साह कलवारको घर बनाउने काम गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कंकाली पोली क्लिनिक सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*