गढी गाउँपालिकामा आईसोलेसन वार्डको निमार्ण कार्य सुरु

हेटौंडा टुडे
१६ भाद्र २०७७, मंगलवार २०:५०

हेटौंडा /  मकवानपुरगढी गाउपालिकाले आईसोलेसन सेन्टरको निमार्ण कार्य सुरु गरेको छ । कोरोना भाईरसको संक्रमण अन्य ठाउहरमा झै मकवानपुरमा दिनानु दिन बढि रहेको अबस्थामा पालिकाले आफ्नै क्षेत्रमा आईसोलेसन सेन्टरका सुरु गर्न लागेको हो ।

करिब १० दिनमा निर्माण कार्य सम्पन्न भई सक्ने उक्त आईसोलेसनमा जम्मा सात वटा कोठा रहने छन । कोरिएन टेक्नोलोजि इ पि एस प्यानलको प्रयोग मार्फत निर्माण हून लागेको आईसोलेसन भबनको बिस बर्षको ग्यारेन्टि रहने छ भने करिब पचास बर्ष टिक्ने अनुमान गरिएको छ ।

मकबानपुरगढी गाउपालिका वडा नम्बर ३ स्थित भानु मा बि को फुडसल ग्राउन्डमा पन्ध्र लाख रुपैया लगानि गर्दै गाउपालिकाको कोरोना कोषबाट करिब २० बेडको क्षमता भएको आईसोलेसन सेन्टरको निमार्ण कार्य सुरु गर्न लागेको मकवानपुरगढी गाउपालिकाका प्रसासकिय अधिकृत रामकुमार पुडासैनिले जानकारि दिनु भयो ।

हाल सम्म १२ जना संक्रमित भईसकेको गाउपालिकामा तिन जना भने कोरोनाबाट मूक्त भईसकेका छन । कोरोना संक्रमणको दर बड्दै गरेको अबस्थामा आफ्ना पालिकाबासिहरुको लागि स्वास्थमा बिशेष ख्याल गर्दे पालिकाले तयार गर्दे गरेको आईसोलेसनमा सबै खाले सेवा सुबिधा रहने छ ।

उक्त आईसोलेसनमा खेल मैदानको ब्यबस्था , ईन्टरनेट, खानेपानि, शौचालय, लाईनको ब्यबस्था , सुरक्षाकर्मिको ब्यबस्था र आईसोलेसनमा छ्रैटौ तहको जनस्वास्थ्य अधिकृतका साथै नियमित चेक जाचको लागि स्बास्थ्यकर्मिको ब्यबस्था रहने छ साथै निमार्ण हून लागेको पालिकाको उक्त आईसोलेसन सेन्टरमा बिश्व स्वास्थ्य संगठनले तोकको मापदन्ड अनुसारनै संन्चालन हुने मकवानपुरगढी गाउपालिका स्वास्थ्य ईकाइ प्रमुख बिदुर लामिछानेले जानकारि दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*