वडा अध्यक्ष भागवत घिमिरे आजबाट बसे होम क्वारेन्टिनमा

हेटौंडा टुडे
१७ भाद्र २०७७, बुधबार २०:४५

हेटौंडा / मकवानपुरगढी गाउपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे सेल्फ क्वारेटिनमा बसेका छन । आज मकवानपुर जिल्लामा थप २२ जनामा कोरोना पुष्टि भएको मध्ये मकवानपुरगढि गाउपालिका एक जना २४ बर्षिय पुरुषमा देखिएको थियो ।

आफ्नो परिबारको एक सदस्यमा कोभिड पुष्टि भएपछि वडा अध्यक्ष भागबत घिमिरे आफु होम क्वारेटिनमा बसेको हेटौडा टुडेलाई जानकारि दिनु भयो । अध्यक्षको परिवारका एक सदस्यमा कोभिड लक्षण देखिए पछि भाद्र १५ गते स्वाब टेस्ट गर्न दिएको थियो ।  उक्त स्वाबको रिपोर्ट आज पोजेटिभ आएको हो । आफुलाई कोभिडको लक्षण देखिएको  र स्बाब दिएसंगै घरको संक्रमित सदस्य होम क्वारेटिनमा सूरक्षित संग बसेको अध्यक्षले जानकारि दिनुभयो ।

आफ्नो परिवारभित्रको संक्रमित सदस्य सूरक्षित तबरबाट सेल्फ क्वारेटिनमा बसेको बताउदै अध्यक्ष घिमिरे सहित घरका सबै सदस्यहरु आजबाट कोरोना चेक गरि रिपोर्ट नआए सम्म होम क्वारेन्टिनमा बस्ने बताउनु भयो । भाद्र २२ गते घरका सबै सदस्याहरुको स्वाब टेष्ट गर्ने जानकारि गराउदै वडा अध्यक्ष भागबत घिमिरेले गाउपालिका बासि तथा आफ्ना वडाबासिहरुलाई सचेत तथा सजक रहन आग्रह गर्नु भएको छ ।

आफ्नो वडामा यस अघिनै एकै परिवारका चार जनामा कोरोना पोजेटिभ देखिएकाले वडाबासिहरु यो महामारिमा राज्यलाई सघाउन पनि आग्रह गरेका छन । साथै अनिवार्य मास्कको प्रयोग गर्ने , साबुन पानिले हात धुन , सामाजिक दुरि कायम गर्ने पनि अध्यक्ष घिमिरे हेटांैडा टुडे मार्फत आफ्नो वडाबासि तथा सबैलाई नागरिकलाई जानकारि गराउनु भएको छ ।  उनले आजैमात्र आफ्नो परिवारको सदस्यमा कोरोना पोजेटिभ देखिएकाले आफूसँग सम्पर्कमा रहेकाहरुलाई संक्रमणको जोखिम हुने नदिन सुरक्षित रहन आग्रह पनि गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*