अर्थमन्त्री डा. खतिवडाद्वारा पदबाट राजीनामा

टुडे संवादाता
१९ भाद्र २०७७, शुक्रबार १९:३१

काठमाडौं/अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार खतिवडाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रालयमा औपचारिक विदाई पछि उनी सञ्चार मन्त्रालयमा पनि गएर  विदाई लिएका थिए ।उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुले आजै अर्थमन्त्री र सञ्चार तथा सूचना प्रबिधिमन्त्रीबाट राजीनामा दिने बताएका थिए ।

पत्रकार सम्मेलनमा उनले आफु सरकार बाहिर रहेपनि आफु सरकार बाहिर रहेर पनि देशको हितमा हुने काममा सक्रिय रहने बताएका थिए ।उनले कोभिडको असर क्षणीक रहेको भन्दै छिटै देश सहि बाटोमा आउने र उच्च मनोबलले काम गर्नुपर्ने खतिवडाले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताए पछि मन्त्री खतिवडाले राजीनामा दिनुपरेको हो ।

डा. खतिवडा अहिले सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री पदमा रहेका थिए । राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेका खतिवडाले गत फागुन २१ मा शपथ लिएका थिए । खतिवडाको संसद सदस्य पद फागुन २० गते सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*