हेटौंडा ५ सानोपोखरामा सञ्चालित फुड बैंकले आज २५ परिवारलाई खाद्यान्न वितरण

टुडे संवादाता
२० भाद्र २०७७, शनिबार १९:५३

हेटौंडा/हेटौंडा–४, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज २५ परिवारलाई खाद्यान्त वितरण गरिएको छ ।फुड बैंक स्थापनाको चौथो दिन २५ परिवारलाई खाद्यान्त वितरण गरिएको हो ।

खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले फ्रतिव्यक्ति ५ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न हस्तान्तरण गरेको छ ।

 

खाद्यान्न हस्तान्तरण कार्यत्रममा क्लबका अध्यक्ष उमेश महत ,कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सदस्य विष्णु पुडासैनी लगाएतको उपस्थिति रहेको क्लबका सल्लाहकार विशाल राज महतले बताउनुभयो ।

त्यसैगरी हिजोबाट फ्रत्येक दिन एक–एक व्यक्तिले क्लबलाई खाद्यान्न सहयोग गरि हस्तान्तरण गरिने कार्यत्रम अन्तरर्गत आज गोमा फार्मेशीका पोपाईटर अमित आचार्य र अनिस सुवेदीले गर्नु भएको छ ।

त्यस्तै भोली मकवानपुर फुटबल संघका पुर्व उपाध्यक्ष एवम एफसी ईन्टरनेटका क्लबका अध्यक्ष मनिस श्रेण्ठले क्लबलाई खाद्यान्न सहयोग गर्ने तालिका रहेको महतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*